व्यवसायी शेखर गोल्छालाई जमानतमा छाड्न सर्वोच्च अदालतको आदेश

२०८३ वैशाख २१ गते

व्यवसायी शेखर गोल्छालाई जमानतमा छाड्न सर्वोच्च अदालतको आदेश

काठमाडौं । बिचौलिया दीपक भट््टसँको कनेक्सनका आधारमा हिरासतमा रहेको व्यवसायी शेखर गोल्छालाई सर्वोच्च अदालतले धरौटीमा छाड्न आदेश दिएको छ ।

शेखर गोल्छाकी श्रीमती सीमा गोल्छाले दिएको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनलाई धरौटी वा जमानतमा छाड्न नसकेमा मात्रै थुनामा राख्न आदेश दिएको हो ।

Advertisement:

Ad
Ad

न्यायाधीशहरू महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको इजलासले उनलाई धरौटी वा जमानतमा नै छाड्न सकिने अवस्था हुँदा अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै त्यसको प्रक्रिया नै खारेज गरेको हो ।

 नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा गैरकानुनी तवरले सेयर खरिदबिक्रीमा लागेको भन्दै थप अनुसन्धान गर्नुपर्ने उल्लेख भएबमोजिम गत वैशाख ११ गते गोल्छा पक्राउ परेका थिए ।