संसद विघटन गर्ने निर्णयमा गम्भीर असहमति छ : प्रचण्ड

२०८२ भदौ २७ गते

संसद विघटन गर्ने निर्णयमा गम्भीर असहमति छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएका छन् ।

पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीबाट जारी विज्ञप्तिमा भनिएको छ ।

Advertisement:

Ad
Ad

अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।