२०८२ भदौ १७ गते
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सोमबार साँझ भेटवार्ता गरेका छन् । चीनको तियान्जिनस्थित होटल रिट्ज काल्र्टनमा सोमबार साँझ भएको द्विपक्षीय भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाल–रुसबीच सिधा हवाई उडान सुरु गर्ने,रुसमा अध्ययनरत नेपाली विद्यार्थीहरूलाई दिइने छात्रवृत्तिको संख्या बढाउन र दुई देशबीचको सम्बन्धलाई अझ मजबुत बनाउने दिशामा थप पहल गर्न जस्ता तीन प्रस्ताव गरेका छन्।
प्रधानमन्त्री ओली र राष्ट्रपति पुटिनबीच झण्डै २५ मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो भने त्यसपछि सरकारी प्रतिनिधिमण्डलसहित करिब ४५ मिनेट लामो छलफल भएको थियो।
प्रतिक्रिया