२०८३ वैशाख २८ गते
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत आगामी १० वर्षलाई रोजगार दशकका रुपमा अघि बढाइने घोषणा गरेको छ ।
आज संघीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले बाचन गरेको सरकारको नीति तथा कार्यक्रममा २०९२/०९३ सालसम्मको १० वर्षलाई रोजगार दशकका रुपमा विविध अभियान र कार्यक्रम ल्याई वैदेशिक रोजगारीमा जाने युवाहरुलाई रोक्ने जनाएका हुन् ।त्यसका लागि सरकारले आगामी बजेटमार्फत खाका बनाएर काम अघि बढाउने बताइएको छ ।
प्रतिक्रिया