रेशम चौधरीलाई थुनाउन अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय

२०८३ वैशाख ०४ गते

रेशम चौधरीलाई थुनाउन अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय

काठमाडौँ । सर्वोच्च अदालतमा रहँदा अनधिकृत पत्र लेखेका महिमानसिंह विष्टलाई ६ महिना कैद सजाय तोकिएको छ।

 

Advertisement:

Ad
Ad

जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले बिहीबार उनलाई ६ महिना कैद सजाय तोकेको शाखा अधिकृत हेमन्त भट्टराईले जानकारी दिए।उनका अनुसार विष्टलाई १० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ।भुषालकै इजलासले चैत २२ गते विष्टलाई दोषी ठहर गरेको हो।

 

सर्वोच्च अदालतमा शाखा अधिकृत हुँदा विष्टले अनधिकृत पत्र लेखेका थिए। अनधिकृत पत्रकै आधारमा प्रहरीले नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीलाई पक्राउ गरेको थियो। 

 

पक्राउ परेको केहीबेरमै उक्त पत्र अनधिकृत रहेको खुलेको थियो।सर्वोच्च अदालत प्रशासनले आफैं उक्त पत्र अनधिकृत भएको भन्दै अनुसन्धान गर्न भनेर माग गरेको थियो।

 

पछि विष्टलाई नियन्त्रणमा लिएर लिखत सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको थियो। त्यसपछि उनलाई पुर्पक्षका लागि एक लाख धरौटीमा छाड्ने आदेश समेत भएको थियो।