रेमिट्यान्स क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याए बापत नवराज घिमिरेलाई सम्मान

२०८२ पुस १९ गते

रेमिट्यान्स क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याए बापत नवराज घिमिरेलाई सम्मान

काठमाडौँ । रेमिट्यान्स कारोबार गर्ने व्यवसायीहरुको छाता संस्था रेमिटर्स एसोसिएसनको २०औँ वार्षिकोत्सवको अवसरमा, नेपालको रेमिट्यान्स क्षेत्रको विकासमा उल्लेखनीय योगदान स्वरुप नवराज घिमिरेलाई सम्मान गरिएको छ। सन् १९९६ मा रेमिट्यान्स कारोबार मुख्यतः अनौपचारिक माध्यमबाट सञ्चालन भइरहेको समयमा, घिमिरेले ती कारोबारलाई औपचारिक प्रणालीमा रूपान्तरण गर्न अग्रसर भूमिका निर्वाह गर्नुभएको थियो।

घिमिरेले आफ्नो कम्पनी अन्नपूर्णा ट्राभलमार्फत व्यवस्थित रूपमा रेमिट्यान्स सेवा प्रारम्भ गर्नुभएको थियो, जसले विदेशमा कार्यरत नेपालीहरूले पठाउने रकम सुरक्षित, पारदर्शी र विश्वसनीय माध्यमबाट नेपाल भित्र्याउन सहयोग पुर्‍यायो। यही संस्थाले पछि रूपान्तरण भई एटिटी रेमिट प्रा. लि.को रूपमा विकसित भई हाल नेपाल राष्ट्र बैंकको नियमन अन्तर्गत सञ्चालनमा रहेको छ।

Advertisement:

Ad
Ad

रेमिटर्स एसोसिएसनले घिमिरेको दूरदर्शिता, निरन्तरता र नेतृत्वले नेपालको रेमिट्यान्स प्रणालीलाई औपचारिक, सुरक्षित तथा व्यवस्थित बनाउने आधार तयार गरेको उल्लेख गर्दै उहाँको योगदानले वित्तीय समावेशीकरण तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।