पाँच महिनामा नेपालमा भित्रियो ८खर्ब ७० अर्ब रेमिट्यान्स

२०८२ पुस २५ गते

पाँच महिनामा नेपालमा भित्रियो ८खर्ब ७० अर्ब रेमिट्यान्स

काठमाडौँ ।  आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु.८७० अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । २०८२ मं्सिर महिनामा विप्रेषण
आप्रवाह रु. १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. ११८ अर्ब ७९ करोड
रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.० प्रतिशतले वृद्धि भई ६ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.४ प्रतिशतले बढेको थियो ।

 

Advertisement:

Ad
Ad

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु. ९५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा
यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो ।समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १,७५,५९१ र पुनः श्रम स्वीकृति लिनेको संख्या १,६३,९२४ रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो स क्रमशः १,९०,३८४ र १,३५,४२५ रहेको थियो ।