२०८२ कात्तिक १९ गते
काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेल २०५९ सालमा
बैंक सेवामा प्रवेश गरेका हुन् ।
पौडेलको बैंक तथा वित्तीय संस्था नियमन विभाग, भुक्तानी प्रणाली विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, बैंक सुपरिवेक्षण विभाग लगायतको कार्यानुभव रहेको छ । हाल उनी मानव संसाधन व्यवस्थापन विभागमा कार्यरत छन् ।
प्रतिक्रिया