रवि र छविको मुद्दाको आज पेशी

२०८२ मंसिर ११ गते

रवि र छविको मुद्दाको आज पेशी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज पुनः तोकिएको छ ।

आज उच्च अदालत तुलसीपुर–बुटवलमा पेशी तोकिएको हो। यसअघि कानुन व्यवसायीका कारण स्थगित हुँदै आएको यो मुद्दामा दुवैजना पुर्पक्षका लागि थुनामा छन्। उनीहरूले बिगोअनुसार जमानत पेस गरे पनि भागबण्डा स्पष्ट नहुँदा अदालतले रिहा गर्न अस्वीकार गर्दै फाइलहरू संयुक्त रूपमा हेर्न आदेश दिएको थियो।

Advertisement:

Ad
Ad