पूर्णबहादुर खड्काको स्पष्टिकरणको विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै

२०८३ वैशाख ०७ गते

पूर्णबहादुर खड्काको स्पष्टिकरणको विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक ललितपुरस्थित पार्टीको केन्द्रीय कार्यालयमा दिउँसो ३ बस्न लागेको हो ।


यसअघि बसेको बैठकले नेता पूर्णबहादुर खड्कालाई पार्टी अनुशासनविपरीतको कार्य गरेको भन्दै प्रष्टीकरण पेश गर्न निर्देशन दिएको थियो ।

Advertisement:

Ad
Ad

 

यद्यपि आइतबार साँझ सभापति गगन थापाले आइतबार खड्कासँग भेट गरेका थिए । समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई पार्टी विधानबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइरहेकै बेला थापाले भेट गरेका हुन् ।यो भेटमा पूर्णबहादुर खड्काले आफूहरुलाई सम्मानजनक व्यवहार नगरिए छुट्टै पार्टी खोल्ने गगनसँग संकेत देखाएका थिए ।यद्यपि गगनले पार्टी फुटेर नभई जुटेर जानुपर्नेमा जोड दिएका थिए ।गगनको यो भेटपछि पूर्णबहादुरसँग पार्टी निर्मम नभई नरम भएर जाने बुझिएको छ । 


 केन्द्रीय सदस्य तारामान गुरुङ नेतृत्वको समितिले वैशाख २ गते नभएको पद उल्लेख गरी पार्टीको लेटरप्याडमा विज्ञप्ति जारी गरेको भन्दै खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।