सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा पूर्व माओवादी नेता विष्णु ढुंगेल पक्राउ

२०८२ मंसिर १० गते

सर्वोच्च अदालतमा आगजनी गरेको आरोपमा पूर्व माओवादी नेता विष्णु ढुंगेल पक्राउ

काठमाडौं । सर्वोच्च अदालतमा आगजनी गराएको आरोपमा नेपाल ल क्याम्पसका पूर्व स्ववियू सभापति तथा पूर्व माओवादी नेता विष्णु ढुंगेल पक्राउ परेका छन्। जेन–जी आन्दोलनका क्रममा अदालतमा आगो लगाउने निर्देशन दिएको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो।

 

Advertisement:

Ad
Ad

यसअघि आगजनीमा संलग्न झापाका ज्योति थापा घताने र ललितपुरका सुशील श्रेष्ठलाई पक्राउ गरिएको थियो। उनीहरूले अरूको उक्साहटमा घटना स्थल पुगेको बयान दिएका छन्। ढुंगेल र ती युवकहरूबीच घटनाअघि–पछि सम्पर्क भएको प्रमाणका आधारमा ढुंगेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।