२०८३ असार ३२ गते
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले आज भेट गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको उक्त भेटमा उनिहरुबीच मुलुकको सेयर बजार, बैंकिङ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा छलफल भएको प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिइन्।
पछिल्लो समय सरकारले सम्पत्ति शुद्धिकरण मामिलामा चलाएको धरपकडका कारण व्यवसायिक जगत अतालिएको छ । लगानीकर्ताहरुमा मनोवैज्ञानिक त्रास सृजना हुँदा शेयर बजारदेखि बैंक वित्त जस्ता क्षेत्रमा हुन पर्ने सुधार हुन सकेको छैन । यसैबीच बुधबार होटल व्यवसायीसँग भेट गरेका प्रधानमन्त्री बालेन्द्र शाहले आज महिला उद्यमी महासंघसँग छलफल गरेका छन् ।
प्रतिक्रिया