२०८३ वैशाख १० गते
काठमाडौँ । टेलिभिजनका अध्यक्ष ऋषि धमलालाई सम्बोधन गरी लेखिएको पत्रमा एक साताभित्र तलब उपलब्ध नगराएमा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।
‘प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमला तथा सम्बन्धित व्यवस्थापन पक्षलाई एक साताभित्र सम्पूर्ण बक्यौता तलबभत्ता भुक्तानी गर्न, श्रमजीवी पत्रकार ऐनअनुसार पत्रकारहरुलाई समयमै पारिश्रमिक, सेवासुविधा तथा पत्रकारमैत्री वातावरण निर्माण गर्न श्रमजीवी पत्रकार संघ, नेपाल जोडदार माग गर्दछ’,पत्रमा उल्लेख छ ।
पत्रकारलाई समयमै पारिश्रमिक उपलब्ध गराउनु र काम गर्न सुरक्षित वातावरण बनाइदिनु सञ्चार संस्थाको दायित्व भएको स्मरण गराउँदै संघले त्यसको बेवास्ता गर्नु श्रम अधिकारको गम्भीर उल्लंघन भएको ठहर गरेको छ । यता, भाडा नदिएपछि धमलाको रिपोर्टर्स क्लबमा सरकारले तालाबन्दी गरेको छ ।
प्रतिक्रिया