२०८२ असोज १८ गते
काठमाडौं । अविरल वर्षासँगै खसेको पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड र मुग्लिन–नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला र मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको हो । बाटो दुईतर्फी नै अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पानी परिरहेको र ढुंगा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाइएको छैन ।बाटो अवरुद्ध हुँदा दशैंमा उक्त बाटो भएर ओहोरदोहोर गर्ने सवारीसाधन तथा यात्रुहरु बीच बाटोमै रोकिएका छन् ।
प्रतिक्रिया