नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदका लागि १६ जनाको आवेदन ,यी हुन् आवेदकहरु

२०८२ मंसिर १२ गते

नेपाल वायुसेवा निगमको महाप्रवन्धक पदका लागि १६ जनाको आवेदन ,यी हुन् आवेदकहरु

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रवन्धक पदका लागि यसपटक १६ जनाले औपचारिक रूपमा आवेदन दिएका छन्। आवेदन दिनेहरूमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व कर्मचारीदेखि सुरु भएर, निगममै उच्च तहमा काम गरिसकेका अधिकारी, हवाई उड्डयनका विज्ञ, अनुभवी इन्जिनियरहरू तथा हवाई क्षेत्रमा नयाँ रूपमा उदाउँदै गरेका अनुहारहरू समेत समावेश भएका छन्।

 

Advertisement:

Ad
Ad

हवाई क्षेत्रमा लामो समयदेखि काम गरिरहेको अनुभव भएका व्यक्तिहरू तथा निगममा निर्देशकस्तरसम्म पुगेका दक्ष व्यक्तिहरू पनि इच्छुकको सूचीमा छन्। यसैगरी, निगमको मार्केटिङ विभागका निर्देशक टंकनिधि दाहाल, हवाई क्षेत्रका विज्ञ योगराज शर्मा कँडेलले समेत प्रतिस्पर्धामा भाग लिएका छन्।

 

यसका साथै, नेपाल आर्मीको हवाई उडान विभागमा सचिवालय तथा नेतृत्व भूमिकामा काम गरिसकेका डा। दीपकप्रकास बास्तोला, भिमबहादुर चन्द, र निगमका पूर्व कर्मचारी चिरन्जीवि उपाध्याय पनि आवेदनदातामा परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका फ्लाइट अपरेसन म्यानेजर सन्तुष्ट कुमार बस्नेत, उड्डयन प्राधिकरणका पूर्व कर्मचारी रघुनाथ विडारी, हवाई व्यवस्थापन तथा अपरेसनको अनुभव भएका आशिष थापा, इन्जिनियर अभिनव कार्की, काठमाडौं र धनगढीमा हवाई संग्रहालय सञ्चालन गर्दै आएका क्याप्टेन वेदप्रसाद उप्रेती, क्यानका पूर्व कर्मचारी विष्णुबाबु मिश्र लगायतका व्यक्तिहरूले पनि आफ्नो दाबी पेश गरेका छन्।

निगममा हाल रिक्त रहेको महाप्रवन्धक पद पूर्तिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा एक छनोट समिति गठन गरिएको छ। समितिले १५ दिने सूचना जारी गरी विहीबारसम्म आवेदन दिन सकिने व्यवस्था मिलाएको थियो।

अब सो समितिले प्राप्त सबै आवेदकको विवरण तथा योग्यता अध्ययन गरी तोकिएका मापदण्ड पूरा गर्ने उमेदवारहरूलाई सर्टलिस्ट गर्नेछ। त्यसपछि योग्य उम्मेदवारबाट कार्ययोजना प्रस्तुति presentation लिने, अन्तरवार्ता प्रक्रिया पूरा गर्ने, र अन्ततः सबैभन्दा उपयुक्त ठहरिएका तीन जना उमेदवारको नाम मन्त्रालयमा सिफारिस गरिनेछ।

समितिले सिफारिस गरेका तीनमध्येबाट एक जनालाई सरकारले छानेर आगामी ४ वर्षका लागि निगमको कार्यकारी प्रमुख, अर्थात् महाप्रवन्धक पदमा नियुक्त गर्नेछ।