नेपाल एयरलाइन्समा हेरिनसक्नु बेथिति : टिकट सकियो भनेको जहाजमा जब यात्रु लमतन्न सुतेको भेटियो

२०८३ जेठ ०६ गते

नेपाल एयरलाइन्समा हेरिनसक्नु बेथिति : टिकट सकियो भनेको जहाजमा जब यात्रु लमतन्न सुतेको भेटियो

काठमाडौँ । नेपाल एयरलाइन्स विरुद्ध फेरि एकपटक टिकट व्यवस्थापनलाई लिएर गम्भीर प्रश्न उठेको छ। उडानका क्रममा यात्रुले टिकट नपाउने समस्या भोगिरहँदा जहाजभित्र भने दर्जनौँ सिट खाली रहेको घटना सार्वजनिक भएपछि यात्रुहरू आक्रोशित बनेका छन्।

 

Advertisement:

Ad
Ad

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै एक यात्रुले नेपाल एयरलाइन्सको सेवा प्रणालीप्रति असन्तुष्टि जनाएका छन्। उनका अनुसार नेपाल एयरलाइन्स ४०९ नम्बरको उडानमा उनलाई शुरुमा टिकट उपलब्ध नभएको जानकारी दिइएको थियो। धेरै अनुरोध र प्रयासपछि मात्र टिकट काट्न सफल भएका उनी जहाजमा चढेपछि भने दृश्य फरक देखिएको बताउँछन्।

 

उनले जहाजभित्र इकोनोमी कक्षका ५४ र बिजनेस कक्षका ४ गरी कुल ५८ सिट खाली रहेको देखिएको उल्लेख गरेका छन्। १सिस्टममा टिकट छैन भनियो, तर जहाजभित्र यति धेरै सिट खाली हुनु दुःखद हो,उनले लेखेका छन्।

 

घटनापछि यात्रुहरूले निगमको टिकट व्यवस्थापन प्रणालीमाथि प्रश्न उठाएका छन्। यात्रुलाई सधैँ सिट अभाव देखाएर दुःख दिने तर जहाज खाली उडाउनु गैरजिम्मेवार कार्य भएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ।

 

यात्रुहरूले सम्बन्धित निकायले घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग गरेका छन्। साथै, नेपाल एयरलाइन्सको टिकट प्रणाली पारदर्शी, व्यवस्थित र जनमैत्री बनाउनुपर्ने आवाज पनि उठिरहेको छ।