नागढुंगाबाट बाहिरिने सवारीलाई ट्राफिक प्रहरीले काठमाडौँनै फर्काइदियो

२०८२ असोज १८ गते

नागढुंगाबाट बाहिरिने सवारीलाई ट्राफिक प्रहरीले काठमाडौँनै फर्काइदियो

काठमाडौं । नागढुंगा–मुग्लिन सडक खण्डका विभिन्न स्थानमा पहिरो खसेपछि सडक अबरुद्ध भएको छ। प्रहरीले नागढुंगा नाकामा माइकिङ गर्दै यात्रु तथा चालकहरूलाई यात्रा रोक्न र काठमाडौंमै सुरक्षित रहन भन्दै फर्काइदिएको छ । 

धादिङको बेनिघाट रोराङ–१० स्थित जवाङखोलामा आज बिहान २ बजे पहिरो खसेपछि सडक बन्द भएको थियो। केहीबेर खुलाइए पनि बिहान ६ बजे पुनः पहिरो खस्दा दुवै तर्फको सवारी अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ।

Advertisement:

Ad
Ad

साथै धादिङ र तनहुँका जोखिमयुक्त स्थानहरूमा पनि बिहान ६ बजेदेखि सवारी सञ्चालनमा रोक लगाइएको छ।