२०८२ भदौ ०३ गते
काठमाडौँ । आजदेखि अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को औपचारिक उद्घाटन हुँदैछ । भृकुटीमण्डपमा आयोजित अटो शो ८ गतेसम्म चल्ने छ । नाडाको अटो शोलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्दैछन् ।
१७औँ संस्करणमा हुँदै गरेको अटो शोमा उड्ने कार मुख्य आकर्षणमा रहेको छ ।प्रधानमन्त्री ओलीले कार उडाएर अटो शोको उद्घाटन गर्ने छन् । यो कारलाई चांगन अटो कम्पनीले चिनबाट झिकाएको हो । तातोपानी नाका बाढीले अवरुद्ध गरेपछि कारलाई भरिया लगाई काँधमा बोकेर वारी ल्याइएको थियो ।
१७औँ संस्करणको यो अटो शोमा डिपलको इभिटल फ्लाइङ ट्राक्सी बाहेक रोवोटिक्स ( डग रोवोट र ह्युमन रोवोट) र विभिन्न भिन्टेज कारहरु समेत प्रदर्शनीमा राखिने नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले जानकारी दिएका छन् ।
प्रतिक्रिया