२०८३ वैशाख ११ गते
काठमाडौं । नबिल बैंकले गृहमन्त्री सुदन गुरुङको बैंकिङ विवरण चुहावट गरेको भन्ने समाचारहरू भ्रामक भएको प्रतिक्रिया दिएको छ । बैंकले एक विज्ञप्ति जारी गर्दै केही दिन यता सामाजिक सञ्जालमा गृहमन्त्री गुरुङको बैंकमा राखिएको विवरण सार्वजनिक गरिदिएको भन्दै अफवाहहरू फैलाइएकोप्रति बैंकको ध्यानाकर्षण भएको जनाउँदै यसले जनताको विश्वासलाई प्रभावित गर्ने भन्दै कडा आपत्ति प्रकट गरेको छ।
बैंकको विज्ञप्तिमा भनिएको छ, “केही दिनयता विभिन्न सञ्चार माध्यममा बैंकले ग्राहकको व्यक्तिगत विवरण चुहावट गरेको भन्ने समाचारहरू प्रकाशित भएका छन्, जुन पूर्णतया भ्रामक छन्।” बैंकले थप भनेको छ, “बैंकका कर्मचारीले ग्राहकको व्यक्तिगत विवरण कसैलाई पनि नदिने र बैंकको सूचना प्रणाली सुरक्षित छ।”
यसअघि केही सञ्चार माध्यममा नबिल बैंकले गृहमन्त्री लगायत ग्राहकको व्यक्तिगत विवरण चुहावट गरेको र यसले ग्राहकको सुरक्षामा खतरा रहेको समाचारहरू प्रकाशित भएका थिए। यसपछि नबिल बैंकले विज्ञप्ति जारी गरेर यस्ता समाचारहरूको खण्डन गरेको हो।
प्रतिक्रिया