सरकारले एमसीसीको काम गर्ने ठेकेदारबाट आयकर नलिने

२०८२ कात्तिक २७ गते

सरकारले एमसीसीको काम गर्ने ठेकेदारबाट आयकर नलिने

काठमाडौं । सरकारले एमसीसीको काम गर्ने ठेकेदारबाट आयकर नलिने भएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गरी आर्थिक वर्ष २०८२र८३ का लागि आयकर छुट दिने निर्णय गरेको हो ।

 

Advertisement:

Ad
Ad

तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री रहँदा मन्त्रिपरिषद्को साउन १८ को बैठकले यस्तो निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गराउन अर्थले राजपत्रमा सूचना निकालेको हो ।


सूचनाअनुसार नेपालमा शाखा दर्ता गरेर वा स्थायी संस्थापनको रुपमा दर्ता रहेका एमसीसी कम्प्याक्ट बमोजिम एमसीसी फन्डिङबाट आर्जित आयमा आयकर छुट दिइनेछ । यस्तो छुट आर्थिक ऐन २०८२ अनुसार दिइएको मन्त्रालयले जनाएको छ ।