यसरी गराउन सकिन्छ मतदाता नामावलीमा नाम दर्ता,यी हुन् काठमाडौँमा तोकिएका स्थान

२०८२ असोज २३ गते

यसरी गराउन सकिन्छ मतदाता नामावलीमा नाम दर्ता,यी हुन् काठमाडौँमा तोकिएका स्थान

काठमाडौँ । जेनजी आन्दोलनपछि निर्माण भएको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधी सभाको निर्वाचन गराउँदैछ । निर्वाचन आयोगले शुरुमा आम नागरिकलाई मा गई आफ्नो नाम मतदाता नामावलीमा रहे नरहेको चेकजाँच गरी हेरेर नभएमा अनलाइन फारम भर्नुपर्ने छ। फारम भरिसकेपछि आफूलाई पायक पर्ने जुनसुकै निर्वाचन कार्यालयमा गई फोटो खिचाउन र बायोमेट्रिक गर्न सुझाव दिएको छ । 

आयोगले २०८२ कार्तिक  मसान्तसम्म  नामावलीमा नाम दर्ता गराइसक्न स्पष्ट पारेको छ। यस अघि मतदाता नामावलीमा नाम दर्ता भैसकेको भए पुनः दर्ता गर्नु नपर्ने पनि आयोगले उल्लेख गरेको छ । 

Advertisement:

Ad
Ad

काठमाण्डू उपत्यकामा तल दिइएका ३ ओटा कार्यालयमा नाम दर्ता गर्न सकिन्छ-
१। काठमाण्डू जिल्ला निर्वाचन कार्यालय, मिनभवन
२। ललितपुर जिल्ला निर्वाचन कार्यालय, जावलाखेल
३। भक्तपुर जिल्ला निर्वाचन कार्यालय, सल्लाघारी।