वायुसेवा निगममा कामु महाप्रवन्धकको जिम्मेवारी दिनेदेखि नेप्से पुनर्संरचनासम्म यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

२०८२ मंसिर ०३ गते

वायुसेवा निगममा कामु महाप्रवन्धकको जिम्मेवारी दिनेदेखि नेप्से पुनर्संरचनासम्म यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु

काठमाडौं । सरकारले संवैधानिक परिषद् संशोधन अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिसका साथै वायुसेवा निगममा सञ्चालक सदस्यलाई नै कामु महाप्रवन्धधकको जिम्मेवारीदेखि नेप्से पुनर्सरचनाका लागि आयोग गठन गर्नेसम्मका २५ निर्णय गरेको छ ।  

मंसिर २ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संवैधानिक परिषद् ९काम, कर्तव्य, अधिकार र कार्यविधि०सम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०८२ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिएका छन् ।

Advertisement:

Ad
Ad

मन्त्रिपरिषद्ले विश्व बैंकबाट दिगो र समावेशी परियोजनाका लागि प्रस्ताव गरिएको ९५ मिलियन डलर सहुलियतपूर्ण ऋण प्राप्त गर्ने सम्बन्धमा विश्व बैंकसंग वार्ता गर्न अर्थमन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ भने जल तथा मौसम विज्ञान विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गरेको छ ।

त्यस्तै मंसिर ८ गते भारतको नयाँदिल्लीस्थीत राष्ट्रपति भवनमा भारतका नवनियुक्त प्रधानन्यायाधीशको शपथ र मंसिर १० गते नयाँ दिल्लीमा नै आयोजना हुने संविधान दिवसको कार्यक्रममा सहभागी हुन कानून मन्त्री अनिल कुमार सिन्हालाई स्वीकृत प्रदान गरिएको प्रवक्ता खरेलले बताए ।

बैठकले सशस्त्र प्रहरी९चौथो संशोधन० नियमावली स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरेको छ भने इन्धन प्रणालीमा वातावरणमैत्री वा ऊर्जा दक्षतामूलक फेरबदल गरिने सवारी साधनको हकमा तीन वर्षसम्मको लागि इन्धन प्रणालीमा फेरबदल गर्न छुट दिने निर्णय समेत गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णयहरु -