म्यानपावर कम्पनीका लागि मलेसियाको १० बुँदे नयाँ मापदण्ड, वार्ता नगरी उपाय नलाग्ने

२०८२ कात्तिक १७ गते

म्यानपावर कम्पनीका लागि मलेसियाको १० बुँदे नयाँ मापदण्ड, वार्ता नगरी उपाय नलाग्ने

काठमाडौं । मलेसियाले श्रमिक पठाउने देशका म्यानपावर कम्पनीका लागि तोकेको नयाँ १० बुँदे मापदण्डलाई नेपाल सरकारले प्रस्तावका रूपमा मात्रै स्वीकार गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा सिंहदरबारमा बसेको उच्चस्तरीय बैठकले उक्त विषय कूटनीतिक संवादमार्फत टुंग्याउने निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मलेसियाको पत्र अन्तिम निर्णय होइन । नेपाली श्रमिक र व्यवसायी दुवैको हित हुने गरी सुरक्षित र मर्यादित रोजगारी सुनिश्चित गर्न वार्ताबाट टुंगो लगाइनेछ ।”

Advertisement:

Ad
Ad

मलेसियाले नेपालसहित पाँच देशका म्यानपावर कम्पनीका लागि नयाँ मापदण्ड पठाएको छ, जसमा कम्पनीको पाँच वर्षको अनुभव, कम्तीमा तीन देशमा तीन हजार श्रमिक पठाएको र आफ्नै तालिम केन्द्रसहित राम्रो चालचलनको प्रमाण चाहिने उल्लेख छ । स्रोत देशहरूलाई यी मापदण्डअनुसार कम्पनी सिफारिस गर्न कात्तिक २७ सम्मको समयसीमा दिइएको छ ।