लिपुलेकको विषय उठाउँदै चिनियाँ राष्ट्रपतिसँग आपत्ती जनाए ओलीले

२०८२ भदौ १४ गते

लिपुलेकको विषय उठाउँदै चिनियाँ राष्ट्रपतिसँग आपत्ती जनाए ओलीले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङबीच चीनको थियानजिन अतिथि गृहमा भएको भेटवार्ताका क्रममा लिपुलेक लिम्पियाधुराको विषय उठान गरेका छन् ।

 

Advertisement:

Ad
Ad

दुई पक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा राष्ट्रपति सीसँग प्रधानन्त्री ओलीले स्पष्टरुपमा आपत्ति रहेको कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट रहेकाले यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नपर्ने कुरा राखेको सचिव राईले बताए ।