२०८३ वैशाख १० गते
नेपालको राजधानी काठमाडौँमा वायु प्रदूषण खतरनाक रूपमा बढ्दै ‘अति अस्वस्थकर’ स्तरमा पुगेको छ। पछिल्लो मापनअनुसार विश्वका प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ दोस्रो स्थानमा उक्लिएको छ।
आज बैशाख १० गते बिहान करिब ११ बजेको तथ्यांकले काठमाडौँको एयर क्वालिटी इन्डेक्स (AQI) २१६ पुगेको देखाएको छ, जुन जनस्वास्थ्यका दृष्टिले गम्भीर चिन्ताको विषय हो। यस्तो स्तरको वायु गुणस्तरले सबै वर्गका मानिसमा स्वास्थ्य जोखिम बढाउने विज्ञहरूको चेतावनी छ।
सामान्यतः AQI १०१ देखि १५० को बीचमा हुँदा बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीका लागि वायु ‘अस्वस्थकर’ मानिन्छ। यही सूचक १५१ देखि २०० सम्म पुगेमा भने सबैका लागि हानिकारक बन्दै जान्छ। २०१ देखि ३०० को दायरा ‘अति अस्वस्थकर’ श्रेणीमा पर्ने हुँदा यसले व्यापक स्वास्थ्य असर पार्न सक्छ भने त्योभन्दा माथिको अवस्था झन् ‘खतरनाक’ मानिने विश्व स्वास्थ्य संगठन (WHO) को मापदण्ड छ।
प्रतिक्रिया