कोशीमा यस वर्षकै उच्च बहाव, सबै ढोका खाेलियाे

२०८२ असोज १९ गते

कोशीमा यस वर्षकै उच्च बहाव, सबै ढोका खाेलियाे

सुनसरी । देशकै सबैभन्दा ठूलो नदी सप्तकोसीमा यस वर्षकै उच्च पानीको बहाव मापन भएको छ।

बिहान ९ः१५ बजे कोशीमा पानीको बहाव ४,३१,५२५ क्युसेक प्रति सेकेण्ड पुगेको छ। नदीले खतराको सतह पार गरेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खुल्ला गरिएको छ।

Advertisement:

Ad
Ad

नदीको भेलले उदयपुर र सुनसरीका केही क्षेत्रमा पस्ने जोखिम बढेको छ। सुनसरी प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र अति आवश्यक बाहेक बाहिर ननिस्कन अनुरोध गरेको छ।

निरन्तरको वर्षापछि ब्यारेजमा पानीको उच्च बहाव हुँदा सुरक्षा सावधानीका रूपमा दुईतर्फ रातो बत्ती बालिएको छ।