खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित

२०८२ फागुन १७ गते

खाडी मुलुकका लागि श्रम स्वीकृति स्थगित

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण सरकारले खाडी मुलुकतर्फ जाने कामदारलाई दिइँदै आएको श्रम स्वीकृति अस्थायी रूपमा स्थगित गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वका कारण सुरक्षा जोखिम बढेकाले अर्को सूचना नभएसम्म श्रम स्वीकृति नदिने निर्णय गरिएको हो।


इरानले यूएई, कतार, ओमान र कुवेतस्थित अमेरिकी सैन्य क्याम्पहरूमा आक्रमण थालेपछि त्यहाँ रहेका नेपालीको सुरक्षाबारे चिन्ता बढेको छ। सरकारले विमानस्थलमा रहेका यात्रुलाई घर फर्किन अनुरोध गरेको छ भने श्रम मन्त्रालयको कल सेन्टर २४सै घण्टा तयारी अवस्थामा राखिएको जनाएको छ। आवश्यक परे उद्धारको योजना पनि तयार राखिएको मन्त्री भण्डारीले बताएका छन्।

Advertisement:

Ad
Ad