२०८२ असोज १९ गते
काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार बिहानदेखि पानी पर्न रोकिएर घाम लागेको छ । मौसममा सुधार आएपछि जनजीवन सामान्य बन्दै गएको छ ।
शनिबार बिहानैदेखि परेको भारी वर्षाका कारण उपत्यकाका नदी नालामा भेल बाढी आउनुका साथै धेरै घरहरु डुबानमा परेका थिए । त्यसैगरी देशका अधिकांश भुभागमा अविरल परेको पानीले अधिकांश प्रमुख राजमार्ग अवरुद्ध हुनुका साथै पुलहरु बगाएका थिए ।
जल तथा मौसम विभागले १७ गतेदेखि २० गतेसम्म भारी वर्षा हुने अनुमान गरेको थियो सोही अनुरुप सरकारले सम्भावित बाढी पहिरो र मानवीय क्षतिलाई मध्यनजर गर्दै आइतबार र सोमबार दुई दिन सार्वजनिक बिदा समेत दिने निर्णय गरिसकेको छ । तथापी आजको अवस्था हेर्दा मौसमविदहरुले अब काठमाडौं उपत्यकामा ठूलो पानी पर्ने सम्भावना नरहेको बताएका छन् । पानी पार्ने प्रणाली कोशी प्रदेशतिर सरेको बताइएको छ ।
मौसम सफा भएसँगै आज त्रयोदशीका दिन मान्यजन तथा आफन्तहरुकोमा दशैंको टीका थाप्नेहरुको आवतजावतकोे क्रम बढेको छ ।
प्रतिक्रिया