इजरायल र हमासबीच युद्धविराम सहमति : बन्दीहरुलाई रिहाई गरिने, नाका खोलिने

२०८२ असोज २३ गते

इजरायल र हमासबीच युद्धविराम सहमति : बन्दीहरुलाई रिहाई गरिने, नाका खोलिने

काठमाडौं । इजरायल र हमासबीच युद्धविराम सहमति भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा बनेको शान्ति योजनाको पहिलो चरणमा दुवैपक्ष युद्धविराम गर्न सहमत भएका हुन् । यस यस सहमतिको उद्देश्य गाजामा जारी युद्धलाई रोक्ने र कैदीबन्दीहरू रिहाइको सुनिश्चितता गर्नु हो ।

बीबीसीका अनुसार इजरायल र हमासबीचको सम्झौतामा बिहीबारको दिन इजिप्टमा हस्ताक्षर हुनेछ । यस सम्झौताअनुसार पहिलो चरणमै २० जना इजरायली बन्दीहरूलाई जीवितै मुक्त गरिनेछ । गाजामा मानवीय सहायता पुगोस् भनेर पाँचवटा नाका तुरुन्त खोलिनेछ ।

Advertisement:

Ad
Ad

एसोसिएटेड प्रेस ९एपी०का अनुसार, हमासले यो साता नै सबै २० जना जीवित बन्दीहरूलाई मुक्त गर्नेछ । इजरायली सेना गाजाका अधिकांश भागबाट फिर्ता हुँदैछ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस सम्झौता अनुसार सबै बन्दीहरूलाई चाँडै मुक्त गरिनेछ र इजरायलले आफ्ना सैनिकहरूलाई निश्चित सीमासम्म फिर्ता बोलाउनेछ, जुन स्थायी र दिगो शान्तितर्फको पहिलो बलियो कदम हुनेछ । सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ ।’

यस सम्झौताको ग्यारेन्टी अमेरिका, इजिप्ट, कतार र टर्कीले दिएका छन् । यसबाट दुबै पक्षले सम्झौताको शर्त पालना गरिरहेसम्म पुन: आक्रमण सुरु नहुने बताइन्छ ।