इरानको चेतावनी : अमेरिकाले आफ्नो बन्दरगाहमा लगाएको नाकाबन्दी नखोलेसम्म होर्मुज नखोल्ने

२०८३ वैशाख ०६ गते

इरानको चेतावनी : अमेरिकाले आफ्नो बन्दरगाहमा लगाएको नाकाबन्दी नखोलेसम्म होर्मुज नखोल्ने

काठमाडौँ । इरानले अमेरिकाले आफ्नो बन्दरगाहमा लगाएको नाकाबन्दी नखोलेसम्म होर्मुजको जलमार्ग नखोल्ने बताएको छ ।इरानी उपविदेशमन्त्री सईद खातिबजादेहले अमेरिकासँग नयाँ चरणको प्रत्यक्ष वार्ताको लागि कुनै मिति तय नभएको बताएका छन् र वासिङ्टनले आफ्ना “अधिकतमवादी” मागहरू त्याग्न अस्वीकार गरेकोमा आलोचना गरेका छन्।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा नौसेना नाकाबन्दी कायम रहने बताएका छन् र तेहरानबाट वाशिंगटनलाई ब्ल्याकमेल नगर्न चेतावनी दिएका छन्।युद्धविरामको बाबजुद इजरायलले दक्षिणी लेबनानमा आक्रमण सुरु गरेको छ र गाजामा लगाएको जस्तै यल्लो जोन बनाएको दाबी गरेको छ।फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले लेबनानमा एक फ्रान्सेली शान्ति सेनाको हत्या भएको आक्रमणको लागि हिजबुल्लाहलाई दोष दिएका छन् । सशस्त्र समूहले उक्त दाबीलाई अस्वीकार गरेको छ।

Advertisement:

Ad
Ad

 

अमेरिका र इरानबीचको युद्धले अहिले विश्व अर्थतन्त्रलाई प्रभावित बनाएको छ । विश्व समुदायले युद्धबिरामका लागि आग्रह गरिरहेकाक छन् । तर अमेरिका इरान वार्ता पटकपटक बसेपनि टुंगोमा पुग्न सकेको छैन ।