२०८२ चैत २७ गते
काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले जलमार्ग होर्मुज स्ट्रेटमा तेल ट्यांकरहरूलाई गरिएको व्यवहार ठिक नभएको बताएका दिएका छन्।
होर्मुज स्ट्रेट आउजाउ गर्ने ट्यांकरहरूलाई इरानले शुल्क लिइरहेको रिपोर्ट आएको भन्दै ट्रम्पले यो तुरुन्त बन्द गर्न चेतावनी दिएका हुन्। ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, ‘इरानले होर्मुज स्ट्रेटबाट तेल ढुवानी गर्न अनुमति दिने विषयमा धेरै खराब काम गरिरहेको छ। केही मानिसले यो नभएको बताएका छन्। यो कुरा हामीसँग भएको सम्झौतामा छैन।’
यसअघिको पोस्टमा ट्रम्पले केही रिपोर्ट उद्धृत गर्दै इरानले होर्मुज स्ट्रेटबाट गुज्रने ट्यांकरहरूलाई शुल्क लिइरहेको भन्दै यसलाई तुरुन्त बन्द गर्न भनेका थिए।
उनले लेखेका छन्, ‘इरानले होर्मुज स्ट्रेटमबाट गुज्रने ट्यांकरहरूलाई शुल्क लिइरहेको रिपोर्ट प्राप्त भएका छन्। यसो गर्नु ठिक होइन।इरानले यसो गरिरहेको हो भने तुरुन्तै बन्द गर्नुपर्छ।’
अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्ने स्ट्रेट अफ होर्मुज विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्ग हो।
विश्वभर खपत हुने तेलको पाँचौँ हिस्सा र ठुलो मात्रामा ग्यास ओसारपसार हुने जलमार्ग स्ट्रेट अफ होर्मुज एकातिर ओमान र यूएई अनि अर्कातिर इरानको बिचमा पर्छ।
यहाँबाट पार हुने कच्चा तेल इरान, इराक, कुवेत, कतार, साउदी अरब र यूएईबाट आउँछ। साथै स्ट्रेट अफ होर्मुजले एलएनजी व्यापारमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
अमेरिकी ऊर्जा सूचना प्रशासन (ईआईए) का अनुसार स्ट्रेट अफ होर्मुज हुँदै अधिकांश कच्चा तेल एसिया जान्छ, जसमा चीन, भारत, जापान र दक्षिण कोरियाले करिब ७० प्रतिशत हिस्सा ओगट्छन्।
युरोपको करिब ३० प्रतिशत जेट इन्धन आपूर्ति यही स्ट्रेट अफ होर्मुजबाट हुन्छ भने विश्वव्यापी एलएनजी आपूर्तिको पाँचौँ हिस्सा यही जलमार्ग भएर जान्छ।
अमेरिका-इजरायल र इरानबिचको युद्ध विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जामार्गमध्ये एक स्ट्रेट अफ होर्मुजसम्म फैलिएको छ।जसका कारण तेलको मूल्य तीव्र रूपमा बढेको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार स्ट्रेट अफ होर्मुज बन्द गर्ने अन्तिम निर्णय देशको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले गर्छ र त्यसलाई सरकारले अनुमोदन गर्नुपर्छ
प्रतिक्रिया