२०८३ कात्तिक १५ गते
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको मझिमटार खण्डमा सोमबार तीन घण्टाका लागि सवारी आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम गर्न सडक बन्द गर्न लागिएको जनाएको हो।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) का अनुसार सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उक्त सडक खण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ।
निर्माण कार्यलाई सुरक्षित र सहज रूपमा सम्पन्न गर्ने उद्देश्यले निर्धारित समयका लागि सडक पूर्ण रूपमा बन्द गर्न लागिएको हो। यस अवधिमा यात्रा गर्ने यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले अनुरोध गरेको छ। साथै, सडक बन्द हुने समयलाई ध्यानमा राखी आफ्नो यात्रा व्यवस्थापन गर्न र सवारी आवागमन सहज बनाउन सहयोग गर्नसमेत सम्बन्धित सबैमा आग्रह गरिएको छ।
प्रतिक्रिया