हायात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो,अर्थमन्त्रीले गरे व्यवस्थापनसँग कुराकानी

२०८२ कात्तिक ०८ गते

हायात होटलको सेवा बन्द भएकोप्रति प्रधानमन्त्रीको चासो,अर्थमन्त्रीले गरे व्यवस्थापनसँग कुराकानी

काठमाडौं । हायात होटलको सेवा बन्द र कर्मचारी प्रवेशलाई निषेध गरिएको भन्ने सूचनाका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्कीले चासो व्यक्त गरेकी छिन् ।


प्रधानमन्त्री कार्कीको चासोपछि अर्थमन्त्री रामेश्वर खनालले हायात रिजेन्सी व्यवस्थापनसँग आज बिहान कुराकानी गरी जानकारी लिएका छन्। कुराकानीको क्रममा अर्थमन्त्री खनालले सुरक्षाको पूर्ण प्रत्याभूति दिन सरकार तयार रहेको र कत्ति पनि विचलित नभई सेवा सुचारु गर्न आग्रह गरे।

Advertisement:

Ad
Ad

खनालले भने, ‘तपाईँहरु आत्तिन भएन। उच्च मनोबलका साथ आफ्नो सेवा सुचारु गर्नुहोस्। हामी साथमा छौँ। सुरक्षाको व्यवस्था हामी मिलाउँछौँ। कत्ति पनि विचलित नभएर आफ्नो व्यवसायलाई निरन्तरता दिनुहोस्।’

यसबारे भोलि आइतबार होटल व्यवस्थापनसँग सरकारले थप छलफल गरी आवश्यक पहल गर्नेछ।