२०८३ वैशाख ०१ गते
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार जुनकुनै पार्टीको भएपनि आफ्नो नीति अनुरुप बिस्तारै चल्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सरकार बिस्तारै श्रम संस्कृतिको सिद्धान्त अनुरुप चल्न बाध्य हुने उल्लेख गरेका हुन् ।
उनले सञलमा लेखेका छन्,'सरकार जुनसुकै पार्टीको होस्,प्रधानमन्त्री जो सुकै होस् हर्क साम्पाङकै भिजन अनुसार चल्नेछ ।'
यसअघि संसदमा उपसभापतिको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीलाई उपसभापति दिने सैद्धान्तिक सहमति जनाएपनि अन्तिम समयमा प्रधानमन्त्री बालेन्द्र साहसँग हर्क साम्पाङले दवाब दिएपछि उनको पार्टीकी सांसद रुबी कुमारी ठाकुरलाई उपसभापति बनाउन सफल भएका थिए । त्यस्तै आजै मात्र सरकारले सबै दलको प्रतिबद्धता समेटेर बनाएको राष्ट्रिय प्रतिबद्धता पत्रमा हर्कको पार्टीले अघि सारेको श्रमदान नीतिलाई पनि अंगाल्ने योजना अघि सारेको छ । यसै हिसावले पनि साम्पाङले उक्त दाबी गरेको हुन सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया