गोरुमाथि निर्दयी व्यवहार गर्ने जालिरामलाई पक्रियो प्रहरीले

२०८३ जेठ २१ गते

गोरुमाथि निर्दयी व्यवहार गर्ने जालिरामलाई पक्रियो प्रहरीले

काठमाडौँ ।  सामाजिक सञ्जालमा केही दिनयता भाइरल भएको एक भिडियोको आधारमा प्युठान प्रहरीले गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा एक जनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको छ।

 

Advertisement:

Ad
Ad

प्युठानको गौमुखी गाउँपालिका–१ निवासी अन्दाजी ३६ वर्षीय जालिराम थापा मगरले आफ्नै खेतबारीमा गोरु जोतिरहेका बेला गोरु हिँड्न नसकेर खेतमै बसेपछि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जाल फेसबुक, टिकटकलगायत विभिन्न माध्यममा सार्वजनिक भएको थियो।

 

भिडियोमा गोरुको नाक र मुख माटोमा गाड्दै कुटपिट गरेको देखिएपछि घटनाप्रति व्यापक जनचासो र आलोचना बढेको थियो। उक्त घटनाबारे जानकारी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय प्युठानले जालिराम थापा मगरलाई नियन्त्रणमा लिई कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ।

 

प्रहरीका अनुसार उनीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत परिच्छेद २७ को दफा २९० बमोजिम ‘पशुपन्छीप्रति निर्दयी व्यवहार गर्न नहुने’ कसुरमा मुद्दा दर्ता गरिएको छ।