२०८३ वैशाख १४ गते
आज पनि नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ। सुन प्रतितोला १३ सय रुपैयाँले बढ्दै ३ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ५० रुपैयाँले बढेको छ। आज चाँदी ५ हजार ४५ रुपैयाँमा किनबेच भइरहेको छ, जुन आइतबार ४ हजार ९ सय ९५ रुपैयाँ थियो।
पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावसँगै सुनचाँदीको मूल्यमा वृद्धि देखिँदै आएको छ।
प्रतिक्रिया