ट्रम्पको मध्यस्थतामा गाजामा युद्धविरामको घोषणा, २० बुँदे योजना सार्वजनिक

२०८२ असोज १४ गते

ट्रम्पको मध्यस्थतामा गाजामा युद्धविरामको घोषणा, २० बुँदे योजना सार्वजनिक

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू गाजामा युद्धविरामका लागि सहमत भएका छन् ।

दुवै नेताले सोमबार राति वासिङटनमा आयोजित पत्रकार सम्मेलनमार्फत यसको जानकारी दिएका हुन् । ट्रम्पले युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन् ।

Advertisement:

Ad
Ad

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासद्वारा इजरायलमा गरिएको आक्रमणपछि सुरु भएको हो । इजरायली आक्रमणमा हालसम्म कम्तीमा ६६ हजार पाँच जना मारिएका छन् । मृतकमध्ये अधिकांश सर्वसाधारण रहेका छन् ।

युद्धबिरामका लागि सार्वजनिक २० बुँदामा निम्न कुरा उल्लेख छन् । 

१। तत्काल युद्ध रोक्ने स् यो सहमति भएसँगै गाजामा युद्ध तुरुन्त अन्त्य हुनेछ ।

२। इजरायलको फिर्ती स् सहमति अनुसार इजरायली सेना क्रमशः गाजाबाट फिर्ता गरिनेछ ।

३। बन्दीमुक्ति स् हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दी ९जिउँदा वा मृत० छोड्नुपर्नेछ ।

४। कैदी मुक्त स् युद्धपछि इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीलाई मुक्त गर्नेछ ।

५। शव आदान–प्रदान स् प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिइनेछ ।

६। गाजालाई आतंकमुक्त बनाउने स् सबै आतङ्कवादी आधार र हतियार हटाइनेछ ।

७। हमास प्रशासनमा होइन स् हमास र अन्य ‘आतङ्कवादी’ले गाजाको सरकारले भाग लिन पाउने छैनन् ।

८। अस्थायी प्रशासन समिति स् योग्य व्यक्तिहरूको प्राविधिक समिति गठन हुनेछ ।

९। शान्ति बोर्ड स् अमेरिकी राष्ट्रपति ट्रम्पको अध्यक्षतामा टोनी ब्लेयरसहितको अन्तर्राष्ट्रिय बोर्ड बन्नेछ ।

१०। पुनर्निर्माण योजना स् गाजाको विकासका लागि योजना बनाइनेछ र खर्च बोर्डले व्यहोर्नेछ ।

११। मानवीय सहायता स् तत्काल पर्याप्त सहयोग पुर्‍याइनेछ ।

१२। विशेष व्यापार क्षेत्र स् रोजगारी बढाउन गाजामा व्यापारिक क्षेत्र स्थापना गरिनेछ ।

१३। जनताको स्वतन्त्रता स् गाजा छोड्न वा फर्किन कसैलाई बाध्य पारिनेछैन ।

१४। सुरक्षा बल स् अन्तर्राष्ट्रिय सुरक्षा बलले गाजामा शान्ति कायम गर्नेछ ।

१५। पुलिस तालिम स् उक्त सुरक्षा बलले गाजा प्रहरीले प्रशिक्षण पाउनेछ ।

१६। सीमा सुरक्षा स् इजरायल र मिस्रबीचको सीमा सुरक्षा कडा पारिनेछ ।

१७। लडाइँ बन्द स् युद्ध समाप्त नभएसम्म हवाई आक्रमण र तोपबारी रोकिनेछ ।

१८। मानवअधिकार स्अन्तर्राष्ट्रिय संस्थाले सहयोग र सुरक्षाको निगरानी गर्नेछन् ।

१९। शान्ति वार्ता स् इजरायल र प्यालेस्टाइनबीच वार्ता सुरु गरिनेछ ।

२०। भविष्य योजना स् स्थायी शान्ति, विकास र राम्रो जीवन सुनिश्चित गर्ने उद्देश्य रहनेछ ।