२०८३ साउन २० गते
काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पोलाई लक्षित गर्दै एथर इनर्जी नेपालले ‘मेगा गिभअवे’ सञ्चालन गर्ने भएको छ। प्रदर्शनीमा आउनेहरुका लागि आकर्षक मेगा गिभअवे अभियान पुनः सञ्चालन गर्न लागेको कम्पनीले जनाएको हो।
अभियानमार्फत एक भाग्यशाली विजेताले नयाँ एथर स्कुटर जित्न सक्नेछन्।गत वर्ष एथर नेपालले आयोजना गरेको यही अभियानबाट सालिकराम कंडेलले एथर रिज्टा जितेका थिए। राम्रो प्रतिक्रिया मिलेपछि कम्पनीले अभियानलाई निरन्तरता दिने भएको हो।
यस अभियानमा सहभागी हुन चारवटा चरण पूरा गर्नुपर्नेछ। कम्पनीका अनुसार एथर इनर्जी नेपालका आधिकारिक फेसबुक, इन्स्टाग्राम र टिकटक पेजहरु फलो गर्ने, नाइमा मोबिलिटी एक्स्पोअन्तर्गत हल सी, स्टल सी२मा रहेको एथर स्टलमा आउुनपर्ने, एथर स्कुटरसँग एउटा आकर्षक फोटो खिच्नुपर्नेछ।
उक्त फोटो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै कम्पनीलाई ट्याग गर्ने तथा आफ्ना दुई जना साथीलाई पनि ट्याग गर्नुपर्नेछ।
यी ४ चरण पूरा गरेपछि सहभागी स्वतः लक्की ड्रमा समावेश हुनेछन्। यहाँबाट एक विजेताले नयाँ स्कुटर जित्ने कम्पनीले जनाएको छ।
नाइमा एक्स्पो अगस्ट ११ देखि १६ तारिखसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया