सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई-भिटारा गाडीको मूल्य १ लाखसम्म घट्यो

२०८३ जेठ २६ गते

सरकारको कर संरचना परिवर्तनपछि सुजुकी ई-भिटारा गाडीको मूल्य १ लाखसम्म घट्यो

काठमाडौँ । सरकारले विद्युतीय सवारी साधन (ईभी) मा कर तथा भन्सार दर घटाएपछि सीजी मोटोकर्पले सुजुकी ई(भिटाराको मूल्य १ लाख रुपैयाँसम्म घटाएको छ।

नेपालमा सुजुकीको आधिकारिक वितरक सीजी मोटोकर्पले सरकारबाट प्राप्त कर सुविधाको पूर्ण लाभ ग्राहकलाई हस्तान्तरण गर्दै ई(भिटाराका चारै भेरियन्टको मूल्य पुनरावलोकन गरेको जनाएको छ।

Advertisement:

Ad
Ad

संशोधित मूल्यअनुसार ई भिटारा डेल्टाको मूल्य ४८ लाख ९९ हजार रुपैयाँबाट सुरु हुन्छ भने टप भेरियन्ट अल्फा डिटीको मूल्य ५९ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ।

कम्पनीका अनुसार नयाँ मूल्य तत्काल प्रभावबाट लागू भएको छ। ई(भिटारा ४४० देखि ५०० किलोमिटरसम्मको रेन्ज, लेभल–२ एडीएएस, ५(स्टार बीएनक्याप सुरक्षा रेटिङ तथा भी–टु–एल सुविधासहित उपलब्ध छ।

सीजी मोटोकर्पले मूल्य कटौती कुनै अस्थायी अफर नभई सरकारको नयाँ कर संरचनाअनुसार गरिएको स्थायी मूल्य पुनरावलोकन भएको जनाएको छ।