दुर्गा प्रसाइँलाई भेट्न पुगेका ९ जनालाई पनि प्रहरीले लियो नियन्त्रणमा

२०८२ मंसिर ०२ गते

दुर्गा प्रसाइँलाई भेट्न पुगेका ९ जनालाई पनि प्रहरीले लियो नियन्त्रणमा

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई भेट्न जिल्ला प्रहरी परिसर काठमाडौँ पुगेका ९ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार दिउँसो परिसरमा रहेका प्रसाईंलाई भेट्न पुगेका उनका निजी सुरक्षा गार्ड र नागरिक बचाउ महाअभियानका कार्यकर्ता पक्राउ परेका हुन्। 

परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईले उनीहरूलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको बताए। उनीहरू चढेर गएको गाडी पनि प्रहरीले खानतलासी गरेको छ। 

Advertisement:

Ad
Ad

 

प्रसाईंलाई प्रहरीले सार्वजनिक शान्ति खलल पुर्‍याउने गरी अभिव्यक्ति दिएको आरोपमा सोमबार राति उनकै निवासबाट पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले उनलाई थप ४ दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान अघि बढाउन अनुमति दिइसकेको छ।