२०८२ मंसिर ०२ गते
काठमाडौँ । राजावादी समर्थक एवं राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेसँगै प्रहरीले काठमाडौँ उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।
प्रसाईंका समर्थकले मंगलबार बिहानदेखि पक्राउको विरोधमा प्रदर्शन गर्नसक्ने भन्दै राति नै मातहतका युनिटमा सर्कुलर गरिएको हो ।प्रसाईंलाई सोमबार मध्यराति भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो
मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका उनले उत्तेक अभिव्यक्ति दिँदै आएका थिए । हिंसा भड्काउन सक्ने आशंकाका साथ उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया