२०८३ वैशाख ०५ गते
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बिस्कुटमा कपालको रौं भेटिएपछि कम्पनीलाई दुई लाख जरिवाना तिराएको छ । सुनसरीको दुहवीस्थित एसियन बिस्कुट एण्ड कन्फेक्सनरी प्राइभेट लिमिटेडको उत्पादन डाइजेस्टिभ बिस्कुटसँग दुई लाख रुपैयाँ जरिवाना तिराएको हो ।।
विभागकी प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार उक्त उद्योगबाट उत्पादित डाइजेस्टिभ नट नामको बिस्कुटमा रौं परेको भन्ने उजुरी प्राप्त भएको थियो ।
उजुरीको आधारमा उद्योगको कारखानामा अनुगमन गरिएको थियो । विभागले उपभोक्ता संरक्षण ऐनअनुसार दुई लाख रुपैयाँ जरिवाना गराएको जनाएको छ ।
प्रतिक्रिया