२०८२ असोज २२ गते
काठमाडौँ । चौधरी ग्रुप (सीजी)ले जेनजी आन्दोलनमा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने घोषणा गरेको छ।
सीजीका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जालमार्फत उक्त निर्णय सार्वजनिक गर्दै नेपाली हुनुको नाताले आफ्नो कर्तब्य ठान्दै रोजगारी दिन लागेको बताएका हुन् ।
शहीद परिवारलाई रोजगारी दिन सीजीको टोली सम्पर्कमा रहेको र आवश्यक समन्वयका लागि कर्पोरेट कम्युनिकेसन विभाग प्रमुख मधुसूदन पौड्याल (फोन- ९८५१२२४०००)सँग सम्पर्क गर्न सकिने जनाइएको छ।
उता जेनजी आन्दोलनका क्रममा उद्दण्ड समूहले सीजीलाई करिब ५ अर्ब रुपैयाँ बराबरको क्षति पुर्याएको छ। विभिन्न स्थानमा सीजीका कारखाना, शोरुम, सर्भिस सेन्टर, स्कुल, र निवासहरूमा तोडफोड, आगजनी र लुटपाट भएको समूहले जनाएको छ।
यस्तो कठिन परिस्थितिमा पनि चौधरी ग्रुप पुनर्निर्माणको अभियानमा अगाडि बढ्ने प्रतिवद्धता जनाएको छ।
प्रतिक्रिया