चार जना जेनजीलाई मन्त्री बनाइँदै, सोमबारसम्म सपथ खुवाउने तयारी

२०८२ असोज २५ गते

चार जना जेनजीलाई मन्त्री बनाइँदै, सोमबारसम्म सपथ खुवाउने तयारी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेकी छन्। जेनजी आन्दोलनका प्रतिनिधिहरूलाई समेटेर चार जना नयाँ मन्त्री नियुक्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

 

Advertisement:

Ad
Ad

संभावित मन्त्रीहरूमा गणपतिलाल श्रेष्ठ (संस्कृति, पर्यटन तथा नागरिक उड्ययन), बब्लु गुप्ता (युवा तथा खेलकुद), रामजी राम (स्वास्थ्य तथा जनसंख्या) र टासी ल्हाजोम (महिला, बालबालिका तथा ज्येष्ठ नागरिक)छन्। टासीको नियुक्तिमा भने प्रधानमन्त्रीले थप छलफल गरिरहेकी छन्।

 

श्रेष्ठ सम्पदा संरक्षणका अभियन्ता हुन्, गुप्ता सामाजिक सेवामा सक्रिय छन्, रामजी चमार समुदायबाट पहिलो डाक्टर हुन् भने टासी जलवायु मुद्दामा क्रियाशील छिन्।

 

हाल मन्त्रिपरिषद्मा आठ सदस्य छन्।नयाँ मन्त्री थपिएसँगै १द्द जनाको मन्त्रीमण्डल हुने छ । प्रधानमन्त्री काकीमाथि जेनजी आन्दोलनमा सहभागी मध्येबाट मन्त्री बनाउन दबाव बढिरहेको थियो । २७ भदौमा प्रधानमन्त्री बनेकी कार्की नेतृत्व सरकारको यो तेस्रो मन्त्रिपरिषद् विस्तार हुनेछ।