२०८२ असोज २३ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी विद्रोहमाथि गठन गरिएको छानबिन आयोग र त्यसको प्रतिवेदन आफूहरुलाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्। भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा बोल्दै उनले आयोग गठनमै पूर्वाग्रही सोच देखिएको आरोप लगाए।
ओलीले आयोगको नेतृत्वकर्ता गौरीबहादुर कार्कीले पहिले सामाजिक सञ्जालमा पूर्वाग्रही अभिव्यक्ति दिएकाले आयोगको निष्पक्षता शंकास्पद रहेको बताए। ‘नाटक गरेर आयोग बनाउने र प्रतिवेदनको आधारमा कारबाही अघि बढाउने प्रयास एमालेलाई स्वीकार्य छैन’, उनले भने।
प्रतिक्रिया