नेपालमै क्यान्सर उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्न अनुसन्धान केन्द्र खोल्ने काम अघि बढाइने

२०८२ असोज २४ गते

नेपालमै क्यान्सर उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्न अनुसन्धान केन्द्र खोल्ने काम अघि बढाइने

नेपालमै क्यान्सर उपचारमा प्रयोग हुने औषधि उत्पादन गर्न अनुसन्धान केन्द्र खोल्ने काम अघि बढाइने
काठमाडौँ । शिक्षा विज्ञान तथा प्रविधी मन्त्री महाविर पुनले शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका लागि विभिन्न निर्णय लिएका छन् । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकमा उक्त निर्णय भएको पुनले जानकारी गराएका हुन् । यस्ता छन् पुनले गरेको निर्णयहरु

१, नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा क्यान्सर बिरामीहरुको उपचारमा प्रयोग हुने अति आवश्यक रेडियोधर्मी रेडियो आइसोटोप्स् औषधिहरुको उत्पादन नेपालमै गर्नको लागि आणविक अनुसन्धान केन्द्र (औषधी उपचारको लागि मात्र) तुरुन्त खोल्न आवश्यक कदम अगाडि बढाउने । 

Advertisement:

Ad
Ad

२, सिटिइभिटीको पुर्नसंरचना गरेर सक्षम जनशक्ती उत्पादन गर्न सक्ने बनाउनको लागि कार्यदल तुरुन्त बनाउने।

३, नास्टमा बैज्ञानिक अनुसन्धान र नवप्रवर्तन गर्ने कामलाई उपलब्धिमुलक बनाउन, प्रतिभाशाली नेपालीहरुलाई तान्न र संस्थालाई प्रभावकारी रूपमा काम गर्न सक्ने बनाउन आवश्यक सुधार र पुर्नसंरचना गर्न कार्यदल तुरुन्त बनाउने ।

४, त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समिति (२०८१) ले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गर्ने।

५, संस्कृत विश्वविद्यालयमा रिक्त रहेको सेवा आयोगको पदाधिकारीहरुको रिक्त स्थानमा नियमानुसार तुरुन्त नियुक्ती गर्ने ।