गभर्नर पौडेलले अर्थमन्त्री वाग्ले समक्ष पेश गरे वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन

२०८३ वैशाख २८ गते

गभर्नर पौडेलले अर्थमन्त्री वाग्ले समक्ष पेश गरे वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन

काठमाडौँ । गभर्नर विश्वनाथ पौडेलले अर्थमन्त्री स्वर्णिम वाग्ले समक्ष आर्थिक वर्ष २०८३र८४ को पूर्ण बजेटकालीन समीक्षा प्रतिवेदन पेश गरेका छन् । आज सोमबार अर्थमन्त्री डा।स्वर्णिम वाग्ले समक्ष पौडेलले सो प्रतिवेदन पेश गरेका हुन् ।

यो प्रतिवेदनले सरकारलाई बजेट निर्माणमा सहयोग गर्ने अपेक्षा लिइएको छ । 

Advertisement:

Ad
Ad


नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ५ आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी प्रतिवेदन दफा ६९ ४ मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्ने व्यवस्था रहेको छ ।