विहारसँग जोडिएका नेपालका सीमा नाकाहरू आज साँझदेखि बन्द

२०८२ कात्तिक २२ गते

विहारसँग जोडिएका नेपालका सीमा नाकाहरू आज साँझदेखि बन्द

झापा । भारतको विहार राज्यसँग जोडिएका झापाका सीमा नाकाहरू आज साँझदेखि ७२ घण्टाका लागि बन्द भएको छ ।


भारतको विहारमा हुने विधान सभा निर्वाचनलाई लक्षित गरी विहारसँग जोडिएका भद्रपुर, केचना, दिगलबैंक र गौरीगञ्ज सीमा नाका आज साँझ ६ः३० बजेदेखि बन्द भएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।

Advertisement:

Ad
Ad

 

विहारमा विधान सभाको दोस्रो चरणको निर्वाचन अन्तरगत किशनगञ्ज जिल्लामा यही नोभेम्बर ११ तारिख अर्थात् कात्तिक २५ गते निर्वाचन हुँदैछ ।

 

किशनगञ्ज जिल्लासँग जोडिएका नाकाहरू कात्तिक २५ गते मङ्गलवार साँझ ६ः१५ बजेसम्मका लागि बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।