२०८२ असोज २४ गते
काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणलाई २० अर्ब रुपैयाँ बराबरको ऊर्जा बन्ड जारी गर्न स्वीकृति दिएको छ। बिहीबारको मन्त्रिपरिषद बैठकले जलविद्युत आयोजना निर्माणका लागि चरणबद्ध रूपमा बोन्ड निष्काशनको अनुमति दिएको हो।
पूर्व प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले प्रस्ताव गरेको यो योजना तत्कालीन ऊर्जा मन्त्री दीपक खड्काको असहयोगले अघि बढ्न सकेको थिएन। प्राधिकरणसँग विकासे आयोजनाका लागि नगद अभाव भएकोले यो पैसाबाट आर्थिक अवस्थामा सुधार ल्याउने सोच हितेन्द्रले बनाएका थिए ।तर खड्काले भाँजो हालिरहेका थिए ।प्राधिकरणको हाल १४ अर्बको दायित्व रहेको र नगद अभावका कारण आर्थिक सुधारका लागि यो कदम चालिएको हो।
सरकारले केही समयअघि हितेन्द्रलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको नेतृत्व दिएको छ।
प्रतिक्रिया