एकै महिनामा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स,वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड

२०८३ जेठ २६ गते

एकै महिनामा भित्रियो अहिलेसम्मकै धेरै रेमिट्यान्स,वैशाख महिनामा मात्रै २ खर्ब ५७ अर्ब ४९ करोड

काठमाडौं ।  गएको वैशाख महिनामा २ खर्ब ५७ अर्ब ४९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यो एकै महिनामा भित्रिएको अहिलेसम्मकै धेरै रेमिट्यान्स हो। ।

अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ६५ अर्ब ३० करोड रहेको थियो। यस अघि गएको चैत महिनामा २ खर्ब ९ अर्ब ७५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। यो सहित चालु आर्थिक वर्षको साउन देखि बैशाख मसान्तसम्मा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ।

Advertisement:

Ad
Ad


समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।  अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३.० प्रतिशतले वृद्धि भइ १३ अर्ब २६ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०।६ प्रतिशतले बढेको थियो।

यसैगरी चालु आवकै १० महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगतनयाँ) लिने नेपालीको सङ्ख्या ३ लाख ३५ हजार ५ सय १० र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख २६ हजार ३ सय ६४ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः ४ लाख ५ हजार ६ सय १० र २ लाख ८० हजार ३ सय १४ रहेको थियो ।